arrow

राष्ट्रियसभा सदस्यका लागि गण्डकीबाट नौ जना सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १८ बुधबार
uml- gandaki-haripanta.jpg

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले राष्ट्रियसभा सदस्य पदको उम्मेद्वारका लागि कास्कीका एक जनासहित ९ जनाको नाम सिफारिस गरेको छ । रिफारिस हुनेमा कास्कीबाट सगुन गुरुङ रहेकी छन् । 

उनको नाम महिलातर्फबाट सिफारिस भएको हो । उनीसँगै स्याङ्जाकी ईश्वरी सिग्देल आचार्यको नाम पनि सिफारिस भएको छ ।

यस्तै, खुल्लातर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा र म्याग्दीकी ममतादेवी शर्मा उपाध्यायको नाम सिफारिस भएको छ । 

यस्तै, अल्पसंख्यक तथा अपाङ्गतातर्फ कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन र गोरखाकी मीना वरामको नाम सिफारिस भएको एमाले गण्डकीले जनाएको छ । 

गण्डकीबाट खुल्लातर्फ एक, अल्पसंख्यक तथा अपाङ्गता क्षेत्रका एक र महिला एक गरेर तीन स्थान रिक्त हुन लागेको हो । सो स्थान पूर्तिका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।

गण्डकीका लागि नेपाली कांग्रेसले यसअघि नै नाम सिफारिस गरिसकेको छ । कांग्रेसबाट करिब १ सय ६० जनाको नाम केन्द्रीय समितिमा सिफारिस भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ