arrow

पोखरा जेसीज र पोखरा लेडी जेसीजको संयुक्त पदस्थापन

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
jci pokhara.jpg

पोखरा । पोखरा जेसीज र पोखरा लेडी जेसीजको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पोखरा लेडी जेसीज वर्ष २०२४ का अध्यक्ष गायत्री फुयाँल र पोखरा जेसीजका अध्यक्ष देवराज शर्माले पदभार ग्रहण गरेका हुन् । 

पोखरा लेडी जेसीजका निवर्तमान अध्यक्ष लक्ष्मी कुँवरले फुँयाललाई र पोखरा जेसीज निवर्तमान अध्यक्ष गणेश गिरीले शर्मालाई पदभार हस्तान्तरण गरेका हुन् ।

कार्यक्रम उद्घाटन गर्दै राष्ट्रिय अध्यक्ष पोखरेलले नवनिर्वाचित दुवै संस्थाका अध्यक्षलाई युवाहरुको नेतृत्व व्यक्तित्व विकासमा सक्रियतापूर्वक लाग्न निर्देशन दिए । युवाहरुको नेतृत्व व्यक्तित्व विकास गर्ने अग्रणी संस्था जेसीस भएको उल्लेख गर्दै उनले हरेक कार्यमा संस्थाको गरिमालाई ख्याल गर्न आग्रह गरे । 

कार्यक्रममा पूर्व राष्ट्रिय अध्यक्ष रवीन्द्र गुरुङ, जेसीआई म्याग्दीका बर्ष २०२३ का अध्यक्ष सुमन बानियाँ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, चेम्वर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनुवार, पोखरा लेडी जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष संगीता पौडेल, पोखरा जेसीजका पूर्वअध्यक्ष ईश्वर कर्माचार्य, क्षेत्र (ख) निरुपित राष्ट्रिय उपाध्यक्ष सिनेटर अनुप सुनुवार घिमिरेलगायले बोलेका थिए ।

सो अवसरमा पोखरा जेसीजका अध्यक्ष देवराज शर्मा र कार्यक्रम संयोजक राजेन्द्र रानाभाटले धन्यवाद ज्ञापन, कार्यक्रम संयोजक ईशा आलले स्वागत, पोखरा जेसीजका सचिव तिलक पौडेल र पोखरा लेडी जेसीजका कार्यकारिणी उपाध्यक्ष सुनिता गौतम भण्डारीले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा क्रिस्टल मन्टेश्वरीका बालबालिकाले स्वागत नृत्य प्रस्तुत गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ