arrow

डा. पौडेलसँग मिलेर अनियमितता गर्ने वीरका शर्मा र घिमिरेलाई कारबाही गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
bir-hospital-baburam-tham.jpg

काठमाडौँ । वीर अस्पतालका कर्मचारीहरुले निर्देशक डा सन्तोष पौडेलसँग मिलेमतो गरेका लेखाका उपसचिव थमनारायण शर्मा र प्रशासनका उपसचिव बाबुराम घिमिरेलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र लेखेका छन् । 

उनीहरुले शर्मा र घिमिरेलाई निर्देशक डा. पौडेलसँग मिलेर प्रशासनिक अनियमितता, प्रिपेड भ्रष्टाचार अनियमितता गरेको भन्दैले आवश्यक छानबिन गरी कारबाही गर्न माग गरेका छन् । पत्रमा उनीहरूको सम्पूर्ण सम्पत्ति छानबिन गर्न पनि माग गरिएको छ । 

कर्मचारीहरुले प्रधानमन्त्री कार्यालय, अक्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग र राष्ट्रिय सर्तकता केन्द्रमा पत्र बुझाएका हुन् । 

यस्तो छ पत्र–
२०८०–०९–१७
सम्माननिय प्रधानमन्त्री ज्यू 
प्रधानमन्त्री एवं मन्त्रीपरिषद् को कार्यालय 
सिंहदरबार ,काठमाडौँ

श्री अक्तियार दुरुपयोग अनुसन्धान आयोग 
टंगाल ,काठमाडौँ 

श्री अर्थ मन्त्रालय 
सिंहदरबार ,काठमाडौँ

श्री संङघीय मामिला तथा  सामान्य प्रशासन मन्त्रालय 
सिंहदरबार ,काठमाडौँ

श्री  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय 
काठमाडौँ 

श्रीमान प्रमुख ज्यु 
सम्पत्ति शुद्धीकरण विभाग 
ललितपुर 

श्रीमान सचिव ज्यु 
राष्ट्रिय सर्तकता  केन्द्र 
सिंहदरबार 

विषय – वीर अस्पताल का उपसचिवद्धय (लेखा) थम नारायण शर्मा र (प्रशासन)   बाबुराम घिमिरेले निर्देशक डा सन्तोष पौडेलसँग मिलेर  प्रशासनिक अनियमितता, पि–पेड भष्टाचार अनियमितता गरेकाले आवश्यक छानबिन गरी कारवाही गरी पाऊँ । साथै निजहरूको सम्पूर्ण सम्पत्ति छानबिन गरी पाऊँ । 

महोदय 

उपरोक्त सम्बन्धमा चि वि रा प्र वीर अस्पतालमा कार्यरत लेखा उपसचिव थम नारायण शर्मा (क स नं १२०५३८० र प्रशासन उपसचिव (खरिद प्रमुख) बाबुराम घिमिरेका कारण वीर अस्पताल धरासायि भएको छ निजहरूको मिलोमतो निर्देशक पौडेलसँग छ । निजहरुले दुई दुई लाख पैसा लिँदै कार्यालय सहयोगी ,कम्पुटर अपरेटर, ल्याव असिस्टेन्ट, ड्राइभर ज्यालादारीमा नियुक्ति गरेको, अस्पतालमा आफू निकटसँग महँगोमा कोटेशनमा सामान खरिद गरी पहिलै कमिसन लिने गरेको यो सम्बन्धमा अक्तियार दुरुपयोग र स्वास्थ्य मन्त्रालयले छानबिन गरिरहेको (छानबिन सम्बन्धी पत्र यसैसाथ छ) , टेन्डरमा आउने सामान को भुक्तानी दिँदा सिधै २०५ कमिसन ब्यापारीसँग माग्ने गरेको, ल्याब, रेडियोलोजी, एनेस्थेसिया भत्ता दिन कर्मचारीसँग कमिसन माग्ने गरेको, टेन्डरमा सामान हुँदाहुँदै कमिसनको लागि कोटेशनमा महँगोमा सामान खरिद गर्ने गरेको, ५ लाखमा मर्मत भएर सञ्चालन हुने अक्सिजन मेसिन मर्मत नगरी दैनिक १ लाख खर्च गरी अक्सिजन खरिद गर्ने गरेको र अस्पताललाई वार्षिक ३ करोड घाटा पुराएको र  शंकर अक्सिजनसँग कमिसन लिने गरेको, अस्पतालमा बिरामीलाई खाने खुवाउने व्यापारीसँगसमेत कमिसन लिने गरेको, फार्मेसीमा मेडिसिन ल्याउने व्यापारीसँग कमिसन मागेको ब्यापारीले कमिसन दिन्न भनेपछि निजको पुरानो भुक्तानी रोकेको, सोही कारण व्यापारीले अस्पताल फार्मेसीमा मेडिकल सामान दिएकाले अभाव भएको, बिमाका र अस्पतालमा भर्ना भएका बिरामीले मेडिसिन नपाएर हाहाकार भैरहेको छ । आवश्यक समानको भुक्तानी नदिने तर अनावश्यक समानको भुक्तानी दिँदै कमिसन लिने गरेको, ल्याव, ऐक्सरे ब्यापारी लगायतको भुक्तानीमा कमिसन मागेको, यति क्याम्पसँग रु १ करोड भुक्तानी दिँदा रु १५ लाख कमिसन लिएको ।  अपरेसन गर्दा प्रयोग हुने सामान पकाउने अटो क्लेफ मेसिन कमिसन नपाएको कारण फाइल अगाडि नबढाउँदा अपरेसन बन्द हुने अवस्था छ । जसले गर्दा ब्यापारीले सामान नदिँदा अस्पताल ठप्प हुन लागेको सरसफाइ र गार्ड कम्पनीलाई भुक्तानी दिँदा कमिसन माग्ने गरेको, यी भष्ट समूह लेखा उपसचिव थमनारायण आफ्नो बुढी न्यायाधीश छ भन्दै व्यापारी र उनीहरुको भ्रष्टाचारको विरोध गर्ने  कर्मचारीलाई धम्काउने गरेको, सीआईबी, अख्तियार लगाइदिन्छु कलम मेरो हातमा छ  भनेर कर्मचारीलाई धम्काउने गर्छन्  । अस्पतालमा कसैको कुनै मुद्दा कुनै अदालत भए मिलाइदिन्छु भन्दै बार्गेनिङ गर्ने गरेको, खरिद एकाइका एक सदस्य भन्छन् –थमनारायण जुन जुन कार्यालय बसे सबै ठाउँमा प्रि–पेड भ्रष्टाचार गरेर बदनाम भएर निस्केका हुन्, ल्यावका अर्का एक कर्मचारी भन्छन् रगत जाँच्ने केमिकल मगाउँदा पनि कमिसन नलिइ फाइल अगाडि बढाउँदैनन्, स्टोरका प्रमुखहरु नै भन्छन् स्टोरमा सामान झर्न पाको छैन व्यापारीलाई बिल भन्दा पहिला अग्रिम २०५ माग्छन्, यी तीन भ्रष्टहरु गतिविधिको बारेमा वीर अस्पतालमा रहेका संघ संगठनहरुले ध्यानाकर्षण गराएका छन् । 
यिनी जति वीर अस्पताल बस्छन् उति डुबानमा पर्छ । महाअपराधी हुन् । अस्पताल यी दुवैदेखि प्रतिष्ठान पदाधिकारी र स्वास्थ्य मन्त्रीसमेत आजित भैसकेको छन् । सो हुँदा निजहरूमाथि  आवश्यक छानबिन र सम्पत्ति छानबिन गरी कारबाही गरी पाऊँ । 

निवेदक 
समस्त वीर अस्पताल कर्मचारी परिवार 

बोधार्थ 
चि वि रा प्र  वीर


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ