arrow

क्रान्तिकारी माओवादीले ‘देशव्यापी विरोध प्रदर्शन’ गर्ने

logo
प्रकाशित २०७३ कार्तिक २६ शुक्रबार
maobadi-kendra.jpg.png
काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)ले राष्ट्रियता, जनतन्त्र र जनजीविकालगायतका विषयलाई लिएर यही मङ्सिर १० गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । 
 
माओवादीको कात्तिक २४ र २५ गते बसेको केन्द्रीय सचिवालयको बैठकले विभिन्न घटकमा छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टलाई एकताबद्ध तुल्याउन, नयाँ ढङ्गले क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण गर्न र ध्रुवीकरणको प्रक्रियालाई गति दिन आवश्यक पहल गर्ने निर्णय गरेको अध्यक्ष मोहन वैद्यले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 
 
माओवादीले नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलका मान्यता तथा मापदण्डविरुद्ध कतिपय गम्भीर प्रकृतिका गतिविधि हुँदै आएकामा आफ्नो पार्टीको विशेष ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ–“एक अर्को मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र आन्तरिक मामिलामा हस्तक्षेपको मान्यता र एक चीन नीतिप्रति पार्टी दृढ रहेको कुरा पुनःसार्वजनिक गरिएको छ । ” 
 
माओवादीले सङ्घीय जनगणतान्त्रिक संविधान निर्माणका लागि जनआन्दोलनलाई नयाँ ढङ्गले सङ्गठित गर्ने र उक्त विषयसित सहमत हुने राजनीतिक शक्तिसित कार्यगत एकता गरी अगाडि बढ्ने निर्णय गरेको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ