arrow

मधेसी नेतासँग जयशंकरको भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
jayashankar-3party.jpg

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा एस जयशंकर र मधेस केन्द्रित तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

बिहीबार भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा अन्तरक्रिया भएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । 

भेटमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी थिए ।

यसअघि भारतीय विदेशमन्त्री डा जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । 

उनले भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ