arrow

जयशंकर आउँदा चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल पनि नेपालमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
xi-yuwang---------.jpg
तस्बिर – युन्नान प्रान्तीय कमिटीको स्थायी समितिका उपसचिव सी युगाङ ।

काठमाडौँ । भारतीय विदेश मन्त्री डा. एस जयशंकर र उनका प्रतिनिधि नेपाल आएर राष्ट्रपति, प्रधानमन्त्री र विपक्षी दलका नेताहरुसँग भलाकुसारी गरिरहेका बेला सोही दिन चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आइपुगेको छ । 

बिहीबार बिहान जयशंकरको टोली नेपाल आउँदा साँझ युन्नान प्रान्तीय कमिटीको स्थायी समितिका उपसचिव सी युगाङ नेतृत्वको टोली खुनमिङ हुँदै काठमाडौँ आएको हो । 

चाइना इस्टर्न एअरलाइन्सको उडान नम्बर एमयू ९६१७ बाट काठमाडौँ आएको उपसचिव युगाङको नेतृत्वको छ सदस्यीय टोलीमा चाङ शिचिन, वाङ वेई, डुआन शाओरेन, चेक शुयुन र लि शिहाई छन् । 

टोलीलाई नक्सालस्थित होटल मेरियटमा राखिएको छ । सो टोलीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति रामसहायप्रसाद यादव र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

पछिल्ला केही महिनादेखि चिनियाँ नेताहरुको नेपाल भ्रमण निकै नै बाक्लिन थालेको छ । 

यता चार वर्षपछि नेपाल आएका भारतीय विदेश मन्त्री जयशंकर आज फर्किँदैछन् । परराष्ट्र मन्त्री स्तरीय बैठकमा सहभागी हुन उनी नेपाल आएका हुन् । 

कोरोनाका कारण दुई वर्षदेखि उक्त बैठक रोकिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ