arrow

सुदूरमा कोरोना, भारतबाट आएका संक्रमित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
corona-virus-covid-19.jpg

धनगढी । सुदूरपश्चिममा बिहीबार थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार भारतबाट कञ्चनपुरको गड्डाचौकी नाका भएर एक सय जना, बैतडीको झुलाघाट नाका भएर ७, कैलालीको गौरीफन्टा नाका भएर १४३ र दार्चुलाको पुलघाट नाका भएर ६ जना सुदूरपश्चिम भित्रिएका छन् ।

सुदूरपश्चिममा विभिन्न नाका भएर बिहीबार भित्रिएका कुल २५६ जनामा ३१ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार प्रदेशभित्र योसँगै कोरोना संक्रमित हुनेको सङ्ख्या १० पुगेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ