arrow

ट्रम्पको आक्रोश, प्रदर्शनकारीलाई मिडियाले उक्सायो

logo
प्रकाशित २०७३ कार्तिक २६ शुक्रबार
Trumps.jpeg
एजेन्सी । अन्तत: अमेरिकी नव निर्वाचित डोनाल्ड ट्रम्पले आफुविरुद्ध भएको विरोध प्रदर्शनप्रति मुख खोलेका छन् । बिहीबार उनले विरोध प्रदर्शनप्रति आक्रोश पोख्दै प्रदर्शनकारीलाई मिडियाले उक्साएको आरोप लगाए ।  
 
ट्रम्पले आफ्नो आधिकारीक टुइटर मार्फत राष्ट्रपतीय निर्वाचन खुल्ला र सफलतापूर्ण सम्पन्न भएपनि अहिले मिडियाले उचालेका कारण केही सिपालु प्रदर्शनकारीले प्रदर्शन गरेको बताए । ट्रम्पको विरुद्धमा आज दोस्रो दिन शुक्रबार पनि दर्जनौं बढी मुख्य सहरहरुमा प्रदर्शनकारीहरुले नारबाजी गरिरहेका छन् । 
 
बिहीबार पनि ट्रम्पको विरोधमा ट्रम्प ‘हाम्रो राष्ट्रपति होइन’ लिखित प्लेकार्डसहित ठूलो संख्यामा प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए । 
 
राष्ट्रपतीय निर्वाचनमा अधिकांश अमेरिककी मिडियाहरु डेमोक्र्याटिक हिलारी क्लिन्टनको पक्षमा उभिएका थिए । तर गत बुधबार नतिजा निकै नाटकीय शैलीमा आउँदै ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि अहिले ती मिडियाहरुले कमजोर विश्लेषणात्मक अनुमानको प्रश्न खेपिरहेको छ । ट्रम्प गत बुधबार अमेरिकाको ४५ औं राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ