arrow

प्रधानमन्त्रीको स्पष्टीकरणः चिनियाँ टोली आएकामा भारतीय विदेशमन्त्रीले कुनै असहमति जाहेर गर्नु भएको छैन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
prachanda-rajyabyabastha-20.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेश मन्त्रीले आफ्नो भ्रमण भएकै बेला चिनियाँ प्रतिनिधिमण्डलले गरेको भ्रमणप्रति रोष प्रकट गरेको विषयमा सत्यता नभएको बताएका छन् ।
 
शुक्रबार बिहान प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले सो प्रस्टीकरण दिएका हुन् ।

‘भारतीय विदेश मन्त्रीले चिनियाँ प्रतिनिधिमण्डलको भ्रमणलाई लिएर असन्तुष्टि जनाएको भन्नेमा विषयमा कुनै सत्यता छैन । मसँगको कुराकानीमा उहाँ (एस जयशंकर) ले एक शब्द पनि उहाँले उच्चारण गर्नुभएको छैन’, उनले भने, ‘मसँगको अनौपचारिक ‘वान टु वान’ कुरा हुँदा पनि यो विषयमा प्रश्न चासो उहाँले राखेको हैन, यो प्रष्ट हुन अनुरोध गर्छु कि यो गलत चर्चा हो ।’ 

नेकपा एमालेका सांसद रघुजी पन्तले चिनियाँ प्रतिनिधि मण्डलको भ्रमण प्रति भारतीय विदेश मन्त्री जयशंकरले असन्तुष्टि जनाएको भन्ने विषयबारे प्रस्टाउनु पर्ने धारणा राखेका थिए ।

 ‘चिनियाँ पदाधिकारी आएकोमा असन्तुष्टि उहाँ (यस जयशंकर) ले पोख्नु‍भयो भन्ने भन्ने कुरा आयो, यो कुटनैतिक दृष्टिकोणले ठीक भएन । नेपाल सार्वभौम भएकाले जो पनि आउन पाउँछन् ।’ पन्तले सो धारणा राखेपछि प्रधानमन्त्री प्रचण्डको सो स्पष्टीकरण आएको हो । 

बिहीबार दिउँसो चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का युनान प्रान्त डेपुटी सेक्रेटरी सी युगाङ चार दिने भ्रमणका लागि काठमाडौँ आएका छन्, जुन दिन भारतीय विदेश मन्त्री यस जयशंकर पनि नेपाल आएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ