arrow

जर्मन महावाणिज्य दूतावासमा आक्रमण, ६ को मृत्यु ११५ घाइते

logo
प्रकाशित २०७३ कार्तिक २६ शुक्रबार
afgan.png.png
मजार ए सारिफ (अफगानिस्तान)। अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको मजार ए सरिफ इलाकामा अवस्थित जर्मन महावाणिज्य दूतावासको कार्यलयलाई लक्ष्यगरी एक आत्मघाती बम आक्रमण भएको छ । आक्रमणमा परी छ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ११५ जना घाइते भएका स्थानीय सुरक्षा अधिकारीले शुक्रबार जानकारी दिएका छन् । 
 
आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको एक कार महावाणिज्य दूतावासको पर्खालमा ठोकाएको स्थानीय प्रहरी प्रमुख सयेद कमाल सदातले एएफपी समाचार समितिलाई बताउनुभएको छ । यस माहिनाको सुरुमा अमेरिकासँग आवद्ध हवाई आक्रमणमा परी ३२ भन्दाबढी सर्वसाधारणको मृत्युकोले ‘बदलामा उक्त आक्रमण’ गराइएको तालिवान आतङ्ककारी समूहले जानकारी दिएका छन् । 
 
आक्रमणमा परी मारिएका र घाइते सबै सर्वसाधारण भएको बताइएको छ । घाइतेमध्ये १७ बालबालिका र १० महिला भएका बताइएको छ । घाइते सबैलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ । जर्मन विदेश मन्त्रालयले आक्रमणमा दूतावासका कर्मचारी नपरेको जानकारी दिएको छ । तर दूतावास भवन भने नराम्ररी ध्वस्त भएको बताइएको छ । 
 
यसमा के कति अफगान नागरिक, सुरक्षा अधिकारी मारिएका वा घाइते भएका त्यस एकिन सङ्ख्या प्राप्त नभएको पनि विदेश मन्त्रालयले जानकारी दिएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ