arrow

कमल थापाको विश्वासः अबको जनआन्दोलनबाट हिन्दू राज्य र राजसंस्था पुनर्स्थापना हुन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
kamal-thapa-2080-09-20.jpg

सुर्खेत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकको ब्यवस्था र अवस्था परिवर्तन गर्न आवश्यक भएको बताएका छन् ।

 अहिलेको प्रणालीले मुलुकको हित र रक्षा हुन नसक्ने भन्दै थापाले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना भएरै छाड्नेसमेत दाबी गरे ।

 अहिलेको ब्यवबस्था र प्रणाली भ्रष्टतन्त्रमा परिणत भएको मनपरीतन्त्र र कुशासन हावी भएको भन्दै थापाले आन्दोलनको वातावरण निर्माण गर्न कार्यकर्तालाई आग्रह गरे ।

पार्टीको कर्णाली क्षेत्र स्तरीय  प्रशिक्षणको सुर्खेतको वीरेन्द्रनगरमा उद्घाटन गर्दै थापाले सबै राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रवादी शक्तिहरुबीच एकता र मोर्चा निर्माण गरी आन्दोलनको आधिवेहरी सिर्जना गर्नुपर्नेमा जोड दिए ।

राप्रपा सत्ता केन्द्रित भएर अघि बढ्न खोज्नु दुर्भाग्यपूर्ण भन्दै द्वैध नीति त्यागी आन्दोलनको बाटोबाट मात्र अघि बढ्नसमेत सुझाव दिए । आन्दोलनको विकल्प नभएको भन्दै थापाले बृहत् मोर्चा निर्माण गरी आन्दोलनमा जान आफूले भूमिका खेलिरहेकोसमेत बताए ।

कार्यक्रममा उपाध्यक्ष गोविन्दविक्रम शाह, ईश्वर श्रेष्ठ ,धनबहादुर थापा, सूर्य शाही, जीवन चन्द लगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ