arrow

टाटा मोटर्स फन कार्निभल ३.० शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
tata-motors-carnival-3.0.jpg

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालीले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रम आजबाट शुरु भएको छ । 

यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभी लगायतका गाडीहरु साट्न सकिने सिप्रदीले जनाएको छ । 

ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरुप्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको पनि सिप्रदीको भनाइ छ । 

मेल २२ गते आइतबारसम्म उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, वेष्टर्न मोटर्स् महाराजगंज , जे.बी. मोटर्स् बालकुमारीमा, सिप्रदी ट्रेडिङ्ग प्राली राधेराधे, भक्तपुर र उपत्यका बाहिर इटहरी र धनगढीमा आयोजना भइरहेको हो ।  

फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा ईभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्ने पनि सिप्रदीले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 

सिप्रदीले भनेको छ, ‘यस कार्निभलको मुख्य उद्धेश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभूति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु हो । यस कार्यक्रमको अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नुहुनेछ ।’

यस कार्यक्रममा सहभागी भइ नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ