काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो एक सय दिनको प्रगति सार्वजनिक गर्नको लागि सम्बोधन गरिरहेका छन् । उनले आयोजना गरेको पत्रकार सम्मेलनमा आफूले १०० दिनमा गरेको काम ३ सय दिनको भन्दा पनि बढी रहेको दाबी गरेका छन् । उपत्यका बाहिरका भूकम्प अतिप्रभावित ११ जिल्लामा ५,३३,१८२ लाभग्राहीको पहिचान भएकोमा २०७३ साल कार्तिक १८ गतेसम्म ४,६८,१८२ घरधनीसँग अनुदान सम्झौता भएको । त्यसमध्ये ४२५६६३ घरधनीको बैंक खातामा पहिलो किस्ताको रु। ५०,००० जम्मा भएको । अनुदान वितरण गर्ने कार्य जारी रहेको बताएका छन् ।