- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । राष्ट्रिय सभा सदस्यको सिट बाँडफाँट टुंग्याएपछि दलहरु आन्तरिक छलफलमा व्यस्त रहेका छन् । गठबन्धनमा भागबन्डा मिलेपछि उम्मेदवार टुंग्याउन दलहरु आ–आफ्ना बैठकमा जुटेका छन् ।
१९ पदका निम्ति गठबन्धनमा भागबन्डा भएको हो । जसअनुसार कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी (जसपा) ले एक सिट पाएका छन् ।
भागबन्डा मिलेसँगै उम्मेदवार हुने व्यक्तिको नाम टुंंग्याउन दलहरुले बैठक राखेका छन् ।
आगामी ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।