arrow

आज सकिँदै टाटा मोटर्स फन कार्निभल ३.० 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
tatamotors-fun-carnival-20-.jpg

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालीले आयोजना गरेको टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रम आज सकिँदैछ । 

यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभी लगायतका गाडीहरु साट्न सकिनेछ । 


ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरुप्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको हो । 

मेला यही पुस २० गतेदेखि तीन दिनका लागि उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, वेष्टर्न मोटर्स् महाराजगंज , जे.बि. मोटर्स् बालकुमारीमा,सिप्रदी ट्रेडिङ्ग प्रा.लि. राधेराधे, भक्तपुर र उपत्यका बाहिर इटहरी र धनगढिमा आयोजना भइरहेको हो । 


फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा ईभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन । यस कार्निभलका मुख्य उदेश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभूति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । 

यस कार्यक्रमको अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने जनाइएको छ । साथै यस कार्यक्रममा सहभागी भई नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन कंम्पनीले अनुरोध गरेको छ । 

सिप्रदीका अनुसार उत्साहजनक रुपमा ग्राहकहरु फन कार्निभलमा पुगेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ