arrow

माओवादीले टुंगो लगायो राष्ट्रिय सभाका उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
maoist-centre-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि भागमा परेका उम्मेदवारहरुको नामको टुंगो लगाएको छ । 

माओवादीले चुनेकामा एक जना पूर्व सांसद हुन् भने बाँकीले सांसद बन्ने अवसर पाएका छैनन् ।

पहिले सांसद बनेका झक्कुप्रसाद सुवेदी लुम्बिनी प्रदेशबाट उम्मेदवार बन्दैछन् । त्यस्तै कोशी प्रदेशबाट बाट चम्पादेवी कार्की, बागमती प्रदेशबाट श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशबाट मनरुपा शर्मा, कर्णाली प्रदेशबाट विष्णु विक र सुदूरपश्चिमबाट रेणु चन्दको नाम टुंगो लागेको हो । 

माओवादीले गैरराजनीतिकर्मीलाई राष्ट्रिय सभामा लगेर आफ्नो पार्टी र देशको गौरव बढाउने काम भने गरेन । 

माओवादीले सत्ता गठबन्धनबाट ६ सिट पाएको हो । १९ सिटमध्ये कांग्रेसले १०, माओवादीले ६, नेकपा एसले २ तथा जसपाले १ सिट पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ