arrow

यी हुन् एमालेका राष्ट्रिय सभाका १९ उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले १९ सिटकै उम्मेदवार टुंगो लगाएको छ । एमालेले कोशीमा महिलाबाट सुनसरीकी रुक्मिणी चौधरी र अन्यबाट भोजपुरका पर्शुराम अधिकारीलाई उम्मेदवार बनाउने छ । 

मधेसबाट महिलातर्फ पर्साकी उषादेवी थरुनी र अन्यबाट महोत्तरीका अर्जुनकुमार सिंहलाई उम्मेदवार बनाउने छ ।  बागमतीबाट महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाई र, अन्यबाट चितवनका त्रिलोचन निर्मल पौडेल, अल्पसंख्यक–अपंगता भएकाबाट काठमाडौंका विवेक देवकोटा र दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मालाई उम्मेदवार बनाउने भएको छ । 

गण्डकीमा महिलातर्फ गोरखाकी सम्झना देवकोटा, अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली र अल्पसंख्यक तथा अपांगता तर्फबाट मुस्ताङका हेमचन्द्र शेरचनलाई उम्मेदवार बनाउने भएको छ । 

एमालेले लुम्बिनीमा महिलातर्फ दाङकी तुलसाकुमारी केसी र अन्यतर्फ पाल्पाका झपेन्द्रबहादु घर्तीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

कर्णालीबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विकलाई उम्मेदवार बनाउने भएको छ । सुदूरपश्चिममा महिलातर्फ कैलालीकी सावित्रादेवी घिमिरे, अन्यतर्फ कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र अल्पसंख्यक तथा अपांगतातर्फ कैलालीका रामचन्द्र जोशी तय भएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ