arrow

जसपाले राष्ट्रिय सभामा पूजालाई उम्मेदवार बनाउने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
JasAPA.png
तस्बिर – फाइल ।

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाले राष्ट्रिय सभामा पूजा चौधरीलाई उम्मेदवार बनाउने भएको छ । सत्ता गठबन्धनबाट एउटा सिट पाएपछि जसपाले पूजालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट रौतहटकी पूजा चौधरीलाई छनोट गरिएको हो । 

सत्ता गठबन्धनले १९ सिटमा भाग लगाउँदा नेपाली कांग्रेसलाई १०, माओवादी केन्द्रलाई ६, नेकपा एसलाई २ तथा जसपालाई १ सिट दिने निर्णय गरेको थियो । 

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गर्नुपर्नेछ । 

माओवादी केन्द्र र नेकपा एमालेले पनि आफ्नो उम्मेदवार चयन गरेका छन् । नेपाली कांग्रेसलाई भने उम्मेदवार छान्न सकस परेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ