arrow

आठ जुवाडे जुवाखालबाट पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
kouda-tash-juwa.jpg
तस्बिर-फाइल

पाेखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले आठ जना जुवाडे पक्राउ गरेको छ । शनिबार साँझ ६ बजे पोखरा महानगरपालिका वडा नं. १२ चापापानीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

स्थानीय मैतकुमारी गुरुङले जुवातास खेलाई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको कस्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

उनीहरुको साथबाट १ लाख ३५ हजार ९ सय ८५ रुपैयाँ नगद र ४ बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा-१० रामबजारका ५० वर्षकी पञ्चमाया गुरुङ, पोखरा-३० शिशुवाका ४० वर्षका गोपी गुरुङ, पोखरा-१२ फूलवारीकी वर्ष ५२ की पूर्णिमा गुरुङ, पोखरा-१६ दीपकी वर्ष ४६ की रुपा गुरुङ, पोखरा-१३ का ५२ वर्षका देवीबहादुर गुरुङ, पोखरा-१२ फूलवारीका ४१ वर्षका धुतबहादुर गुरुङ, पोखरा-१२ चापापानीका ५२ वर्षकी मैतकुमारी गुरुङ र पोखरा-११ रानीपौवा बस्ने वर्ष ५५ की कृष्णमाया थापा रहेका छन् ।

उनीहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ