arrow

सन् २०२६ को विश्वकपका लागि ब्रजिलले बनायो डोरिभल जुनियरलाई प्रशिक्षक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
dorial-junior-football-coach-brazil.jpg

काठमाडौँ । ब्रजिलले पूर्व खेलाडी एवं हाल साओ पाओलो क्लबका प्रशिक्षक डोरिभल जुनियरलाई राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्त गरेको छ । 

ब्रजिलियन फुटबल फेडेरेसनले शुक्रबारमात्र अन्तरिम प्रशिक्षक फेर्नान्डो डिनिजलाई बर्खास्त गरेको थियो । ६१ वर्षीय डोरिभल गत अप्रिलदेखि साओ पाओलोको प्रशिक्षक रहेका छन् । 

उनलाई २०२६ को विश्वकप सम्मका लागि प्रशिक्षक नियुक्त गरिएको छ । सन् २००२ देखि प्रशिक्षकको भूमिकामा रहेका डोरिभल ब्राजिलमा अनुभवी प्रशिक्षक मानिन्छन् ।

ब्रजिलले यसअघि हाल स्पेनिश क्लब रियाल मड्रिडका प्रशिक्षक रहेका इटालीका कार्लोस एन्सेलोटीलाई भित्र्याउने प्रयस गरे पनि उनले रियाल मड्रिडमै आफ्नो सम्झौता लम्बाएपछि सो प्रयास असफल भएको थियो ।
      



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ