arrow

बढ्दो क्रममा कोरोना

नेपालमा पनि फैलियो कोरोनाको जेएन–१ भेरियन्ट

संक्रमण र संक्रमणको फैलावट रोकथाम गर्नका लागि सबैलाई जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
corona-omicron-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोनको सब–भेरियन्ट जेएन–१ भएको पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको १६ जनाको पीसीआर तथा एन्टिजेन पोजेटिभ नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोम सिक्वेन्सिङ प्रविधिबाट सात ओटा नमूनामा जेएन–१ पुष्टि भएको जनाएको छ । 

मन्त्रालयले संक्रमण र संक्रमणको फैलावट रोकथाम गर्नका लागि सबैलाई जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ । 

मन्त्रालयले नेपालमा अहिले सक्रिय संक्रमितको संख्या उल्लेख नगरेको भए पनि वल्डोमिटर्सले भने ९७ जना सक्रिय संक्रमित रहेको देखाएको छ । 

पछिल्लो समय भारत र चीनमा कोरोनाको नयाँ सब–भेरियन्ट तीव्र रुपमा फैलिइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ