arrow

प्रचण्डलाई वामदेवले सोधे- भएको विद्युत् विदेशमा बेचेर कसरी हरित अर्थतन्त्र निर्माण हुन्छ ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २४ मंगलबार
bamdev-prachandaquestion.jpg

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरित अर्थतन्त्र निर्माणका लागि नेपालमा उत्पादन भएको विद्युत् नेपालमै खपत गर्नुपर्ने बताएका छन् । मङ्गलवार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले भएको विद्युत् अरू देशलाई बेचेर नेपालमा कसरी हरित अर्थतन्त्र निर्माण हुनसक्छ ? भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरे । उनले हरित अर्थतन्त्र विद्युत्ले मात्रै उत्पादन गर्न सक्ने बताए । उनले हरित अर्थतन्त्रको विकास गरेको दिनबाट थप विद्युत् उत्पादन गरी बिक्री गर्नुपर्ने बताए । 

उनले विद्युत् बिक्री गरिएका सम्झौतहरु खारेज गरेर नेपालमै हरित अर्थतन्त्रको विकास गर्नुपर्ने बताए ।

उनले भने, ‘दिगो विकास लक्ष्य र हरित अर्थतन्त्र भनेको छ । अहिलेको भाषणमा प्रधानमन्त्रीदेखि अन्य नेताहरूले गर्ने र नसुहाउने भाषण हो । नेपालमा उत्पादन भएको बिजुली सबै विदेश पठाउनु हुन्छ । अनि हरित अर्थतन्त्र कसरी निर्माण हुन्छ ? हरित अर्थतन्त्र विद्युत्ले मात्रै उत्पादन गर्न सक्छ । विकास गर्न सक्छ । विद्युत् यहाँ तपाईँले सबै ठाउँमा प्रयोग गरे भने सबै हरित अर्थतन्त्र भइहाल्छ । तर जति उत्पादन हुन्छ बिक्री गर्ने, जुन दिन हामीले हरित अर्थतन्त्रको विकास गर्छौँ त्यसबेला बिक्री गरे हुन्छ नि । हामीले निर्माण गर्न विदेशीहरूलाई दिएका ठाउँ छोड्ने हो भने म ती सबै खारेज गर्नुपर्छ भन्ने पक्षमा छु । सबै क्षेत्रमा साँच्चिकै हरित अर्थतन्त्र निर्माण गर्ने हो भने विदेशमा बिजुली बिक्री गर्ने होइन, नेपाल भित्रै खपत गर्नुपर्छ । त्यसले धेरै उत्पादन पनि दिन्छ । सम्पूर्ण अर्थतन्त्रको आधार विद्युत् बनाउनुपर्छ । हरित अर्थतन्त्र भनेको बोटबिरुवा लगाउने अनि त्यसको पात काटेर ल्याएर विद्युत् उत्पादन गर्ने भनेको हो । विद्युत् प्रयोग गरेर कृषिदेखि नक्षत्रसम्म पुग्ने प्रयोग गर्नुपर्छ । प्रधानमन्त्रीले अहिले जसरी अनेक पटक भन्नुभएको छ, विद्युत् विकास गरेर देशको विकास गर्ने । विद्युत् अर्कालाई दिने अनि हरित अर्थतन्त्र निर्माण गर्न सकिन्छ ?’

गौतमले सम्पूर्ण अर्थतन्त्रको आधार विद्युत् बनाउनुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ