arrow

आईएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेजको सीईओमा बाबुराम शर्मा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २४ मंगलबार
baburam-sharma-ime-ceo.jpg

काठमाडौँ । आईएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेज  कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बाबुराम शर्मा नियुक्त भएका छन् ।

भेन्चर हायर पर्चेजमा बिजनेश हेडको रुपमा साढे तीन वर्ष अगाडि प्रवेश गरेका शर्मालाई मंगलबार बसेको बोर्ड बैठकले कम्पनीको महाप्रबन्धकबाट सीईओमा बढुवा गर्ने निर्णय गरेको हो ।  

डेढ दशकभन्दा बढी आईएमई ग्रुपमा काम गरेका शर्मा आईएमई फाइनान्सबाट ग्रुपमा प्रवेश गरेका थिए । पछि फाइनान्स बैंकसँग मर्ज भएपछि बैंक हुँदै ४ वर्ष आईएमई मोटर्स वीरगञ्जको प्रमुखसमेत भएर काम गरिसकेका छन्  ।  

सरकारी जागीर छोडेर बैंकिङ सेवातिर लागेका उनले बैंकिङ र अटोमोबाइल क्षेत्रमा विशेष दख्खल राख्छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र अंग्रेजीमा स्नातकोत्तर गरेका उनले  म्यानेजमेन्ट डेभलपमेन्ट कलेज (म्यान) बाट ईएमबीएसमेत गरेका छन् । 

आईएमई ग्रुप अन्तर्गतको वित्तीय कम्पनी भेन्चर हायर पर्चेज नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कारोबार गर्न इजाजत प्राप्त संस्था हो । ३० करोड चुक्ता पूँजी रहेको कम्पनीले अहिले बजारमा दुई अर्ब भन्दा बढी लगानी गरेको छ। 

लगातार ४ वर्षदेखि नाफामा रहेको कम्पनीलाई आगामी  दिनमा पब्लिक लिमिटेड कम्पनी बनाउने र  छिट्टै आईपिओ समेत निस्कासन गर्ने तयारी रहेको बुझिएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ