arrow
ADVERTISEMENT

राष्ट्रियसभा सदस्य निर्वाचन

गठबन्धनका १९ जना उम्मेदवारलाई विजयी गराउन बनेको समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
gathabandhan-2080-03-21.jpg

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनले बनाएको समिति गठन आज बस्दै छ  । 

समितिको पहिलो बैठक बुधबार दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ 

मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले निर्वाचनमा समन्वय गर्न समिति गठन गरेको थियो । 

समितिमा नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका मनिष सुमन सम्मिलित सदस्य छन् ।

समितिले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका १९ जना उम्मेदवारलाई विजयी गराउन समन्वय गर्नेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ