arrow

रुसी यात्रुवाहक विमान साइबेरिया धावनमार्गमा चिप्लियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
plane.jpeg

काठमाडौँ ।  रुसको नोर्डस्टार एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७३७-८०० यात्रुवाहक विमान मङ्गलबार साइबेरियाको नोरिल्स्क विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको छ । 

तर सो घटनामा कोही घाइते नभएको र खासै ठूलो क्षति नपुगेको स्थानीय अधिकारीहरूले बताएका छन्।

संघीय हवाई यातायात एजेन्सीले जनाए अनुसार सो विमान बिहान १०:०० बजे अवतरण गर्ने क्रममा धावन मार्गमा चिप्लिएको थियो ।

उक्त विमानमा चालक दलका आठ सदस्य र १६८ जना यात्रुसहित १७६ जना सवार थिए । यस विषयमा अनुसन्धान जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ