arrow

प्रधानमन्त्रीले भारतसँग भएका सम्झौताका विषयमा जानकारी गराउँदै

तीन संसदीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
jayashankar-prachanda-2080-.jpg

काठमाडौँ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग भएका सम्झौताका विषयमा जानकारी समितिमा गराउँदै छन् । 

आज ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबीच भएको सम्झौताका विषयमा प्रचण्डले समितिसमक्ष जानकारी गराउनेछन् ।

गत शुक्रबार संसदीय समितिले भारतीय विदेशमन्त्री जयशंकर नेपाल भ्रमणमा आउँदा भारतसँग नेपालले गरेका सम्झौताहरूको विषयमा समितिलाई जानकारी दिन प्रधानमन्त्रीलाई निर्देशन दिएको थियो । 


साथै  पौने १२ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका मन्त्री-सचिव(कृषि विकास), कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवसँग छलफल हुनेछ । 

त्यस्तै बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा एनसीइ नेपाल लगायतका विभिन्न शैक्षिक समूहसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ