arrow

तरुण दलको पोखरा महाधिवेशन सुरु हुनुअघि नै लफडा, खुमबहादुरले पनि मागे भाग

logo
प्रकाशित २०७३ कार्तिक २७ शनिबार
tarun-dal-fourth-general-conventation.jpeg
पोखरा । नेपाल तरुण दलको चौथो महाधिवेशन पोखराको चिप्लेढुङ्गामा हुँदैछ । महाधिवेशन सुरु हुनुअघि नै विभिन्न किचलो कायमै छ । भदौमा हुने भनिएको महााधिवेशन सर्दासर्दा अहिले तय भए पनि भागबण्डाका कारण विवादमा परेको छ । 
 
शनिबारदेखि तीन दिनसम्म हुने यो महाधिवशेनका लागि नयाँ नेतृत्व चयनका लागि माउ पार्टीको तीन समूहबीच भागबण्डा मिलेको बताइए पनि खुमबहादुर खड्का समूहले पनि भाग खोजेपछि लफडा भएको छ । 
 
यसअघि शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षबीच पदीय भागबण्डामा सहमति भएसंगै शनिबार बिहान ११ बजे उद्घाटन हुने कार्यक्रम तय भएको थियो । 
 
तर शुक्रबार साँझ अर्का काँग्रेस नेता खुमबहादुर खड्का समूहले पनि भाग खोजेपछि फेरि सहमति गर्नुपर्ने अवस्था आएको काँग्रेसका एक नेताले बताए । 
 
शुक्रबार देउवा पक्षलाई अध्यक्ष, पौडेल पक्षलाई महामन्त्री र सिटौला पक्षलाई कोषाध्यक्ष दिने सहमति भएको थियो । 
 
स्रोत भन्छ, ‘खुमबहादुर पक्षलाई उपाध्यक्ष दिनु पर्ने होला ।’
 
महाधिवेशनका लागि सभापति देउवा पोखरा पुग्ने क्रममा छन् । 
 
महाधिवेशन १ बजेदेखि सुरु हुने देखिएको छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ