arrow

प्रदेश निर्वाचन कार्यालयकाे प्रमुखमा ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
narayan-dhakal-election office-rudraneupane.jpg

पोखरा । प्रदेश निर्वाचन कार्यालय गण्डकीका कार्यालय प्रमुख नारायण ढकालले जिम्मेवारी सम्हालेका छन् । उनले बुधबारदेखि कार्यालयको जिम्मेवारी सम्हालेका हुन् ।

खोटाङमा जन्मिएर हाल भक्तपुर निवासी ढकाल यसअघि गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कार्यरत थिए । केही अघि उनले ईलाका मालपोत कार्यालय लेखनाथको जिम्मेवारीसमेत सम्हालेका थिए ।

करिब ४ माहिना अघि कार्यालय प्रमुख होमनाथ पराजुलीको सरुवा भएपछि प्रदेश निर्वाचन कार्यालय निमित्त प्रमुखको भरमा सञ्चालन भएको थियो । पराजुली धादिङ सरुवा भएका थिए । उनी धादिङको सहायक प्रमुख जिल्ला अधिकारी छन् ।

पराजुलीको सरुवा भएपछि कार्यालयका सूचना अधिकारीसमेत रहेका रुद्र न्यौपानेले निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न आएका ढकाललाई निमित्त कार्यालय प्रमुख न्यौपाने, लेखापाल सागर सुवेदी, कर्मचारीहरु मुक्ति अधिकारी, आकांक्षा रिजाल लगायतले स्वागत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ