arrow

पोर्चुगलमा कांग्रेसको चियापानमा बीपीको स्मरण 

logo
भरत प्रधान, 
प्रकाशित २०८० पुष २५ बुधबार
congress-portugal-2024.jpg

लिस्बन । नेपाली कांग्रेसको प्रवासी भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलले ४८ औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

समितिले सोमबार राजधानी लिस्बनमा एक कार्यक्रमको आयोजना गरि बीपीको स्मरणमा भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न गरेको हो ।

सो अवसरमा बोल्दै समितिका संस्थापक सभापति पूर्णबहादुर हमालले राष्ट्रिय एकता र नेपाली–नेपाली बिचको एकताका लागि वीपी कोइरालाको मेलमिलापको नीति अहिलेको परिप्रेक्षमा पनि उत्तिकै सान्दर्भिक रहेको बताए । 

हमालले पोर्चुगलको नेपाली समुदायलाई एकजुट बनाउन र यहाँ देखा परेका समस्याहरुको समाधानका लागि आपसी मेलमिलाप र एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका आईसीसी सदस्य राजकुमार थापा, संघका पूर्व आईसीसी सदस्य धनराज शेर्पा, प्रवासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष राजाराम लामिछाने, एनआरएनए पोर्चुगलकी वरिष्ठ उपाध्यक्ष दिपा काफ्ले, नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका उपाध्यक्ष बुद्ध गुरुङ, मगर संघ पोर्चुगलका अध्यक्ष कमल पुनमगर, नवलपुर समाज पोर्चुगलका अध्यक्ष प्रेम बुढाप्रिथी, समितिका कोषाध्यक्ष बिवस दवाडी, सदस्य मिङमार लामा लगायतले बोल्दै प्रवासमा नेपाली समुदायको एकताका लागि आपसी मेलमिलाप, सहकार्य र एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए ।

समितिका सभापति युवराज पन्थीको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष बिपिन अर्यालको स्वागत तथा महामन्त्री अर्जुन अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

नेपाली कांग्रेसका संस्थापक बीपी  कोइराला लगायतका नेताहरु भारतमा निर्वासित जीवन बिताएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई २०३३ साल पुस १६ गते स्वदेश फर्केको सम्झनामा कांग्रेस र कांग्रेस सम्बद्ध संघसंस्थाले हरेक वर्ष पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ