arrow

राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

logo
प्रकाशित २०७३ कार्तिक २७ शनिबार
rapti-regional-hospital.jpeg
दाङ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले दलीय सहमतिका आधारमा संविधान संशोधन गरिने बताएका छन् ।  
 
प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान संशोधनका लागि सत्तापक्ष र प्रतिपक्षका नेताबीच छलफल चलिरहेको र यो अन्तिम चरणमा पुगेको जानकारी दिए । 
 
अर्थमन्त्री महराले दलका नेतासँग छलफल गरेर पूरक बजेट ल्याइने जानकारी पनि दिए । 
 
उनले प्रदेश नं ५ को राजधानी दाङ हुने बताउँदै जिल्लाको विकासका लागि भालुबाङ, घोराही, तुलसीपुर हुँदै हापुरेसम्मको सडक, तलसीपुर–सुर्खेत सडकखण्ड, रोल्पा होलेरी, नारायणपुर हुँदै रिहारसम्मको सडक निर्माण तथा त्यहाँको हालको विमानस्थल सञ्चालन र अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण अगाडि बढाउनुपर्ने बताए ।
 
राप्ती उपक्षेत्रीय अस्पताल प्रशासन कार्यालयले आयोजना गरेको अर्को कार्यक्रममा उपप्रधानमन्त्री महराले सो अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनका लागि सहयोग गरिने आश्वासन दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ