arrow

महाप्रबन्धक नबनाएपछि क्यान र पारस खड्काविरुद्ध सर्वोच्च जाने धम्की 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २६ बिहिबार
supreme-court-सर्वोच्च अदालत.jpg

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को महाप्रबन्धक नियुक्ति गलत प्रक्रियाबाट भएको भन्दै असन्तुष्ट पक्षले आरोप लगाएको छ ।

असन्तुष्ट पक्षका नवराज कोइरालाले बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सो आरोप लगाएका हुन् । कोइराला पनि सो नियुक्त प्रक्रियाका क्रममा प्रतिस्पर्धीका रूपमा सहभागी भएका थिए । तर सो पदमा नियुक्ति गर्दा ‘कन्फ्लिक्ट अफ इस्ट्रेस्ट’ (स्वार्थ बाझिने किसिम) बाट भएको कोइरालाले आरोप लगाएका छन् । 

महाप्रबन्धक छनोट समितिमा क्यानका अध्यक्ष चन्द, सचिव पारस खड्का, कोषाध्यक्ष पदम खड्का तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेल थिए । उक्त नियुक्ति ७२ घण्टाभित्र नसच्याए क्यान र क्यान सचिव पारस खड्काविरुद्ध सर्वोच्च अदालत जाने धम्की दिए । 

असन्तुष्ट कोइरालाले बलियो नेपालमा रहेका सदस्यले नै नियुक्ति पाउँदा उनलाई छनोट गर्ने व्यक्तिमध्ये दुई जना नै सोही संस्थाको सदस्य रहेको सार्वजनिक गरे । 

क्यानका सचिव पारस खड्का, पोखरेल दुवै बलियो नेपालको संस्थापक रहेको र त्यही संस्थामा आबद्ध व्यक्तिलाई नै महाप्रबन्धकका लागि छनोट गरिएको उनको आरोप छ । क्यानले सोमवार उत्सव ढुङ्गानालाई महाप्रबन्धकमा नियुक्त गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ