arrow

नेपाली क्रिकेट टोलीलाई सुनील शर्माको अफर: सुपर ८ मा पुगे २० लाख पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ३ शनिबार
cricket-team-nepal.jpg

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले आगामी आईसीसी टी–२० विश्वकपको सुपर ८ मा पुग्न सफल भएमा नेपाली क्रिकेट टोलीलाई २० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्। शनिबार नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित टोलीको बिदाइ कार्यक्रममा उनले यो प्रोत्साहन रकमको घोषणा गरेका हुन्।

क्रिकेट खेल र खेलाडीहरूसँग आफ्नो सामीप्यता रहेको उल्लेख गर्दै डा. शर्माले खेलाडी र उनीहरूको परिवारको उपचारको जिम्मा समेत आफूहरूले लिएको जानकारी दिए। काठमाडौं मेडिकल कलेज (केएमसी) ले क्यानसँग खेलाडी र उनीहरूको परिवारको उपचारका लागि गरेको दुई वर्षे सम्झौता अवधि सकिएपछि पुनः नवीकरण गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन्।

कार्यक्रममा डा. शर्माले खेलाडीहरूको भविष्य सुरक्षित गर्न सरकारसँग विशेष माग समेत राखेका छन्। उनले निजी क्षेत्रलाई समेत समेटेर खेलाडीहरूलाई पेन्सनको व्यवस्था गर्न सरकारलाई आग्रह गरे। "१० वर्ष खेलिसकेपछि सन्यास लिँदा आर्थिक अभाव झेल्नुपर्ने स्थितिको अन्त्य हुनुपर्छ," उनले भने, "देशलाई विश्वभर चिनाउने खेलाडीहरूका लागि पनि सरकारी जागिरे सरह पेन्सनको व्यवस्था हुनुपर्छ।"

आगामी फेब्रुअरी–मार्चमा श्रीलंका र भारतमा आयोजना हुने विश्वकपमा सहभागी हुन जान लागेको नेपाली टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का लगायतले शुभकामना सहित बिदाइ गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ