arrow

शुक्रबारदेखि उपत्यका बाहिर टाटा मोटर्स फन कार्निभल ३.० 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २६ बिहिबार
tata-fun-carnival-2024.jpg

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालीले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रमको आयोजना गर्न लागेको छ । 

यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभी लगायतका गाडीहरु साट्न सकिने छ । 

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनालाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको सिप्रदीको दाबी छ । 

मेला यही पुस २७ देखि २९ गतेसम्म उपत्यका बाहिर टाटा मोटर्सको शोरुम अलास्का मोटर्स बिर्तामोड, सिद्धार्थ कटेज बुटवल, सिप्रदी ट्रेडिङ बुद्ध चोक पोखरा र टाउनहल प्लानिङ वीरगञ्जमा आयोजना गर्न लागिएको हो । 


फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा ईभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसिरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन् । 

यस कार्निभलको मुख्य उद्धेश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जनमार्फत नौलो अनुभूति गर्दै गाडी किन्ने फरक अनुभव प्रदान गर्नु रहेको सिप्रदीले जनाएको छ । 

कार्यक्रमको अवसरमा ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । 

साथै यस कार्यक्रममा सहभागी भई नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ