arrow

प्रतिष्ठित उद्योगी कर्माचार्यलाई पत्नीशोक, कांग्रेसद्वारा दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २६ बिहिबार
Laxmi-karmacharrya.jpg

पोखरा । पोखराका प्रतिष्ठित उद्योगी तथा व्यवसायी चन्द्रकृष्ण कर्माचार्यलाई पत्नी तथा नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष माइकल कर्माचार्यलाई मातृशोक परेको छ ।

चन्द्रकृष्णकी धर्मपत्नी तथा माइकलकी ममतामयी माता लक्ष्मी सुन्दरी कर्माचार्यको ७० वर्षको उमेरमा उपचारको क्रममा भारतको मेदान्त अस्पतालमा निधन भएको हो ।

उनी लामो समयदेखि मृगौला रोगबाट पीडित थिइन् । उपचारकै क्रममा उनको निधन भएको परिवारजनले जनाएका छन् ।

नेपाली कांग्रेस कास्कीका कोषाध्यक्षसमेत रहेका कर्माचार्यका छोरा माइकल कर्माचार्यका अनुसार लक्ष्मीसुन्दरीको पार्थिव शरीर आज साँझसम्ममा पोखरा आइपुग्ने र शुक्रबार बिहान ९ः३० बजे विजयपुरस्थित निवासबाट शवयात्रासहित गीता मन्दिर नजिकैको रामघाटमा अन्त्येष्टि गरिने भएको छ ।

स्व. लक्ष्मीसुन्दरीका पति चन्द्रकृष्ण कर्माचार्य, एक छोरा माइकल कर्माचार्य, दुई छोरी नीतु र रेखा कर्माचार्य रहेका छन् ।

यसैबीच नेपाली कांग्रेस कास्कीले पार्टीका कोषाध्यक्ष माइकल कर्माचार्यकी ममतामयी माता लक्ष्मीसुन्दरीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

पार्टी सभापति किशोरदत्त बरालले शोक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन् । सभापति बरालले दिवंगत लक्ष्मीसुन्दरीको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनामा समवेदना प्रकट गरेका छन् ।

यसैगरी नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिका सभापति सुरेन्द्र विजुक्छेले पनि लक्ष्मी सुन्दरी कर्माचार्यको निधनप्रति दुःख व्यक्त गर्दै कांग्रेस नेता माइकलका साथै प्रतिष्ठित उद्योगी चन्द्रकृष्ण लगायतका परिवारजनामा समवेदना प्रकट गरेका छन् ।

यसैगरी नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ का सचिव सरोज केसीले पार्टीका युवा नेता माइकलको परिवारजनमा परेको शोकप्रति दुःख व्यक्त गरेका छन् । उनले लक्ष्मी सुन्दरीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ