arrow

प्रचण्ड–देउवा भेट : के भयो कुरा ?

logo
प्रकाशित २०७३ कार्तिक २७ शनिबार
deuba-prachanda.jpg.jpeg

काठमाडौँ। संविधानको दोस्रो संशोधनको प्रस्तावलाई अन्तिमरुप दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सकारी निवास बालुवाटारमा विहान भएको छलफलमा दुबै शीर्ष नेताबीच संविधान संशोधनको प्रस्तावको मुख्य विषय सीमाङ्कन हेरफेरमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

संविधानमा तराई केन्द्रित दलले समानुपातिक समावेशीता र नागरिकतालगायतका विषयमा असन्तुष्टि राख्दै संविधानको दोस्रो संशोधनको माग गर्दै आएका छन् ।

प्रधानमन्त्री दाहालले सत्तारुढ, प्रतिपक्ष र आन्दोलनरत दललाई मान्य हुने गरी संविधान संशोधनको प्रस्ताव तयार गर्न राजनीतिक दलका नेतासँगको छलफललाई तीव्र बनाएका छन् ।

यस्तै, सभापति देउवाले प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी ओलीलाई भेटी संविधान संशोधनका विषयमा शुक्रबार छलफल गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ