arrow

नेपालले चीनसँगको बीआरआई सम्झौता खारेज गर्नुपर्नेमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २७ शुक्रबार
rastriya-ekata-abhiyan-09-2.jpg

इनरुवा । राष्ट्रिय एकता अभियानले इनरुवामा ‘राष्ट्रिय स्वाधीनता, बीआरआई ऋणजाल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल’ विषयक एक संवाद कार्यक्रमको आयोजना गरेको छ। 

कार्यक्रममा राष्ट्रिय स्वाधीनताको महत्व, देशको आर्थिक दुर्गतिमा बीआरआई र ऋणजालको भूमिका र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्ययभारबाट हुने आर्थिक नोक्सानका विस्तृत छलफल भएको छ । 

प्रमुख अतिथि एवं अभियानका अध्यक्ष विनय यादवले राष्ट्रिय एकता र विकासमा चीनबाट नेपालको राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्न आवश्यक रहेको बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि उपलब्ध गराइएको ऋण भोलि नेपालको सार्वभौमसत्तालाई चुनौती दिने खतरा औँल्याए । 

यादवको भनाइमा समर्थन गर्दै अन्य वक्ताहरूले राष्ट्रिय एकता, विकास र समृद्धिका लागि नेपालले चीनसँगको बीआरआई सम्झौता खारेज गर्नुपर्नेमा सहमति जनाए । 

यो कार्यक्रमको अध्यक्षता इनरुवाकी समाजसेवी लक्ष्मी साहले गरेकी थिइन् । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा अभियानका वरिष्ठ नेता तथा सभासद बीपी यादव भने कार्यक्रममा अभियानका प्रवक्ता जीवन साह, सभासद श्रीमती ललिता साह,  गायक ज्योतन मेहता र प्राध्यापक कुञ्ज्यालाल यादवलगायत उपस्थित थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ