लोकमानले जित्ने र जनता हार्ने गरी कांग्रेसले धोका दिन सक्दैन : खरेल
कुमोद अधिकारी,
प्रकाशित २०७३ कार्तिक २७ शनिबार
672
Shares
विराटनगर । एमाले नेता अग्नी खरेलले संविधान संसोधनको आवश्यता र औचित्य पुष्टि भएमा संविधान संसोधनका लागि एमाले बाधक नबन्ने बताएका छन् ।
विराटनगरमा संचारकर्मीसंग नेता खरेलले संविधान संसोधनका लागि एमाले लचक भए पनि किन र के का लागि संविधान संसोधन भन्ने विषयमा सरकारले पुष्टि गर्न सक्नु पर्ने औल्याए ।
नेता खरेलले पहाड र मधेशलाई छुट्याएर गरिन संविधान संसोधन मान्य नहुने बताए । जारी संविधानले हिमाल, पहाड तराइ तथा मधेसको भावनालाइ समेटेकाले सीमाकंन हेरफेर गर्ने नाममा नेपालीबीचको एकतालाइ टुट्न दिन नहुने नेता खरेलको भनाई छ ।
पूर्व कानुनमन्त्री समेत रहेका खरेलले अंगीकृत नागरिकताको विषयमा नयाँ संविधानमा प्रष्ठसंग उल्लेख भएकाले विवाद गर्नुको अर्थ नरहेको बताए ।
खरेलले अख्तियार प्रमुख लोकमान सिंह कार्कीमाथीको संसदमा सुनवाई शुरु भइसकेकाले नेपाली कांग्रेसले महाअभियोग प्रस्तावको विषयमा चाँडो निर्णय लिनुपर्ने बताए । लोकमान सिंह कार्कीले जित्ने र जनता हार्ने गरी कांग्रेसले कुनै पनि निर्णय लिन नसक्ने उनको भनाई थियो ।
यस्तै, नेता खरेलले संविधान कार्यान्वयन गर्ने समयमा आन्दोलन गर्ने मधेसी मोर्चाको कुरा वेतुकको भएको बताए ।