arrow

फुटबल रेफ्री कोर्ष धुलिखेलमा

logo
सरोजश्री अधिकारी,  
प्रकाशित २०८० पुष २७ शुक्रबार
refree-refresh-course-.jpeg

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको धुलिखेलमा एक सातासम्म रेफ्री प्रशिक्षण (कोर्ष) सञ्चालन हुने भएको छ । बागमती प्रदेश फुटबल संघले माघ २१ गतेदेखि २७ गतेसम्म क्याटेगोरी ४ रेफ्री कोर्ष सञ्चालन गर्न लागेको अध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए ।

बागमती प्रदेश खेलकुद परिषदको विशेष सहयोग र अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रशिक्षणबाट दक्ष, शारीरिक एवं मानसिक रुपमा तन्दुरुस्त जनशक्ति उत्पादन हुने आयोजकको अपेक्षा छ ।

रेफ्रीहरुलाई फुटबल सम्बन्धी आधारभूत सीप र प्रविधिको विकास गर्नुका साथै मैदान भित्र र बाहिर कसरी प्रस्तुत हुने भन्ने व्यवहारिक र सैद्धान्तिक ज्ञान दिइने छ ।

१८ वर्ष देखि ३५ वर्ष सम्मका खेलाडी, पूर्व खेलाडी र फुटबल खेलसँग आवद्ध व्यक्ति प्रशिक्षणमा सहभागी हुन सक्नेछन् । सैद्धान्तिक र प्रयोगात्मक परीक्षामा उत्तीर्ण सहभागी फुटबलका जिल्लास्तरीय विभिन्न प्रतियोगिता निर्णायक हुन सक्ने आयोजकले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ