arrow

एसियन कप फुटबलमा भारत पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २८ शनिबार
football-ind-aus-2024-AFP.jpg

काठमाडौँ । एएफसी एसियन कप फुटबल प्रतियोगिता अन्तर्गत अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । समूह बी अन्तर्गत शनिबार सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

अस्ट्रेलियाको जितमा ज्याक्सन इर्भिन र जोर्डन बोसले एक एक गोल गरेका थिए । यो जितपछि अस्ट्रेलियाले समूह बी मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

अब अस्ट्रेलियाले अर्को खेल सिरियासँग बिहीबार खेल्ने छ भने भारतले अर्को खेल उज्बेकिस्तानसँग बिहीबार नै खेल्ने तालिका रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ