arrow

राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवारलाई जिताउन सात दलको अपील

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
gathabandhan-meeting-2080-0.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आगामी माघ ११ गते हुँदै गरेको राष्ट्रिय सभा निर्वाचनमा सत्ताधारी गठबन्धनका उम्मेदवारलाई जिताउन गठबन्धनका सात दलले आग्रह गरेका छन् । 

माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पाटी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रमुखहरुले हस्ताक्षर गरेको अपीलमा ‘नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन गरेका हौँ’ भनिएको छ । 

अपीलमा ‘देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याय प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो’ भन्दै गठबन्धन दलका उम्मेदवारलाई मतदान गरी अत्यधिक मतले विजय गराउन अपील गरिएको हो । 

निर्वाचनमा गठबन्धनका तर्फबाट कांग्रेसका १०, माओवादीका ६, नेकपा एसका २ तथा जसपाका १ जना उम्मेदवार रहेका छन् । त्यसैगरी एमालेका पनि १९ जना नै उम्मेदवार छन् । 

१९ सिटका लागि ५१ जना चुनावी मैदानमा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ