arrow

गणेशमान सिंह फाउण्डेसन गण्डकीमा तिमिल्सिना

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
durga-timilsina-kaski.jpg

पोखरा । २०४६ सालको जनआन्दोलनका कमान्डर गणेशमान सिंहको नामबाट स्थापित गणेशमान सिंह फाउण्डेसन विस्तार गर्ने क्रममा प्रदेश तहमा पनि पुगेको छ । यस क्रममा फाउण्डेसनको गण्डकी प्रदेश समिति बनाइएको छ ।

समितिको अध्यक्षमा नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका दुर्गाप्रसाद तिमिल्सिना चयन भएका छन् । तिमिल्सेना पोखरा उपत्यका नगर विकास समितिको पूर्व अध्यक्ष तथा पार्टीको पूर्व क्षेत्रीय सभापति समेत हुन् ।

गणेशमान सिंहका छोरा, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको उपस्थितिमा पोखरामा प्रदेश समिति घोषणा गरिएको हो ।

समितिमा स्याङ्जाका बुद्धिबहादुर राना कुमार, पर्वतका मोहन गुरुङ, बागलुङका नवराज श्रेष्ठ, कास्कीका किरण केसी र नीलम बाटाजु कर्माचार्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ