arrow

पोखरामा नेपाल तरुण दलको ऐतिहासिक महाधिवेशन सुरू

logo
प्रकाशित २०७३ कार्तिक २७ शनिबार
Tarun-dal.jpeg
काठमाडौं । नेपाल तरुण दलको चौथो महाधिवेशन पोखरामा सुरू भएको छ । शनिबार पोखराको चिप्दलेढुङ्गामा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले महाधिवेशनको उद्घाटन गरेका थिए ।
 
३ दिनसम्म चल्नेगरी सुरू भएको महाधिवेशनकोलागि हजारौं नेता तथा कार्यकर्ता शक्रबार नै पुगिसकेका थिए । नयाँ नेतृत्व चयनसँगै समाप्त हुनेगरी सुरू भएको महाधिवेशनबाट नयाँ नेतृत्वको लागि भने अझै जारी विवाद मिल्न सकिरहेको छैन ।  
 
महाधिवेशनको उद्घाटनशत्र सुरु भईसकेको भएपनि तरुणदलभित्र केही नीतिगत विषयमा अझै विवाद रहेको निकटस्थ स्रोतले जानकारी दिएको छ । नीतिगत विषय भित्र पनि बिशेषगरी बहालवाला केन्द्रीय समितिका सदस्यहरु यो महाधिवेशनबाट नयाँ नेतृत्वकोलागि उठ्न पाउने कि नपाउने भन्ने विषयमा विवाद चुलिएको छ । कार्यसमिति बाहिरका तीनै गुटका मानिसहरु उम्मेदवार बन्न नपाउने व्यवस्था गर्नुपर्ने पक्षमा रहेका छन् भने कार्यसमितिमा रहेकाहरुले यो प्रस्तावको खुलेर विरोध गरेका छन् । यही विषयमा पनि अहिलेसम्म कुरा मिल्न सकेको छैन । 
 
उता, नेतृत्वको विषयमा पनि आ–आफ्नै बाजा आ–आफ्नै तालमा तीनै गुट लागेका छन् । अहिले तीनवटै गुटले आ–आफ्ना उम्मेदवारहरूको लागि छुट्टाछुट्टै प्रचारप्रसारको काम गरिरहेका छन् । तर, अबको महाधिवेशनबाट तरुणदलमा यस भन्दा अगाडि सदस्यता समेत नलिएका व्यक्तिलाई नेतृत्वमा लैजाने कि तरुणमै लामो समय कामगरेकाहरुलाई मात्रै नेतृत्वमा उम्मेदवारी दिन सक्ने व्यवस्था गर्ने भन्ने सवालमा पनि अझै कुरा मिलेको छैन । यो विवादले पनि तरुणमा को नेतृत्वमा आउँछ भन्नेमा स्पष्ट हुन सक्ने अवस्था रहेको छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ