arrow

संविधानको रक्षासँगै मुलुकको समृद्धि नै सत्ता साझेदारको मुख्य उद्देश्य : नेताहरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
congress-gandaki-pokhara-press-meet.jpg

पोखरा । सत्तासाझेदारका नेताले संविधानको रक्षासँगै मुलुकको समृद्धि नै सत्ता साझेदारको मुख्य उद्देश्य भएको बताएका छन् । राष्ट्रियसभा निर्वाचन-२०८० का सन्दर्भमा चुनाव प्रचारप्रसार समिति, सत्तापक्षीय साझेदार गण्डकी प्रदेशका तर्फबाट पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेताले सत्ता साझेदार मुलुकको आवश्यकता भएको बताए ।

सत्तापक्षीय साझेदार दलका तर्फबाट गण्डकी प्रदेशमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ (गोरखा) र पदमबहादुर परियार (तनहुँ) एवम् नेकपा माओवादी केन्द्रबाट मनरुपा शर्मा (पर्वत) लाई उम्मेदवारका रुपमा अघि सारिएको छ ।

कार्यक्रममा कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै संविधान प्रदत्त सार्वभौम जनताको अधिकारलाई मजबुद बनाउँदै मुलुकलाई समृद्धिको यात्रामा हिँडाउनु सत्ता पक्षीय गठबन्धनमा आबद्ध राजनीतिक दलको मुख्य उद्देश्य भएको बताए ।

नेकपा (एकीकृत समाजवादी )गण्डकी प्रदेशका कावा अध्यक्ष श्रीनाथ बरालले मुलुकमा अस्थिरता निम्त्याउने संविधान विरोधी गतिविधि गर्ने, प्रतिगिमन र अधिनायकवादलाई प्रश्रय दिने क्रम अझै पनि जारी रहेको बताउँदै संविधानको रक्षा एवं देशको समृद्धिका लागि राजनीतिक दलबीचको एकता आवश्यक भएको बताए ।

कार्यक्रममा सत्तापक्षीय गठबन्धनका उम्मेदवार किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र मनरुपा शर्माले राष्ट्रियसभाको गरिमा र महत्वलाई प्रभावकारी बनाउँदै संविधानको रक्षा एवं देशको समृद्धि र विकासका लागि महत्वपूर्ण भूमिका खेल्नका लागि सत्तापक्षीय गठबन्धनका तर्फबाट आफूहरू उम्मेदवार भएको बताए ।

निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको संयोजकत्वमा प्रचारप्रसार मूल समिति र महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा निर्वाचन व्यवस्थापन उपसमिति गठन गरिएको नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रचार-प्रसार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।

उनका अनुसार निर्वाचन प्रचार-प्रसार समितिले यही माघ २ गतेदेखि ९ गतेसम्म प्रदेश अन्तर्गतका जिल्लामा मतदातासँगको भेटघाट कार्यक्रम तय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ