arrow

महन्थले भने–प्रधानमन्त्री प्रचण्ड झुठ् बोलिरहेका छन्

logo
प्रकाशित २०७३ कार्तिक २७ शनिबार
mahantha-thakur-news-lahan.jpeg

सिरहा । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अहिलेका प्रधानमन्त्रीले पनि आफुहरुलाई ढाँटिरहेको बताएका छन् । लहानमा पत्रकारसँग अध्यक्ष ठाकुले संविधान संशोधनको तयारी अन्तिम चरणमा पुगेको भनि प्रधानमन्त्री दाहालले झुठो बोलेको बताएका हुन् ।

ठाकुरले भनेका छन्, ‘हामीलाई पहिले पनि ढाँटियो । अहिले पनि संविधान संशोधनको तयारी अन्तिम चरणमा पुगेको प्रधानमन्त्री प्रचण्डको भनाई झुठो हो ।’

अध्यक्ष ठाकुरले सरकारले ल्याउन लागेको संविधान संशोधनको मस्यौदाको खाकाका बारेमा मोर्चानेताहरुसँग छलफल नभएको सुनाए । विहिबार मात्रै प्रधानमन्त्री एमाले अध्यक्ष केपीओलीसँग कुरा गर्दा कांग्रेस सभापति शेरबहादुर देउवा र मधेसी मोर्चाका नेताहरुसँग कुरा भइसकेको बताएका थिए । तर, ठाकुरले भने अहिलेसम्म कुरा नभएको बताएका छन् ।

अध्यक्ष ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार फोन गरेर संविधान संशोधनको मस्यौदा तयार भइसकेको जानकारी गराएको भने सुनाएका छन् । विमत्ति राख्दै उनले भने, ‘हामीलाई नसोधी र सहमति नभई संविधान संशोधन भए स्वीकार्य हुँदैन ।’

आफुहरुको सहमतिविना संशोधनमा अघि बढे आन्दोलनमा होमिने चेतावनी ठाकुरको छ । अध्यक्ष ठाकुरले सरकारको बोली र व्यवहार नितान्त फरक रहेको भन्दै कुरा काटे । सरकार गठन अघि एको तीन बुँदे सम्झौता अनुसार संविधान संशोधन हुनु पर्ने जिकिर गर्दै अध्यक्ष ठाकुले अन्यथा आफुहरु आन्दोलनकै बाटो रोज्न बाध्य हुने सुनाए ।

दाहाल सरकार गठन अघिएको तीन बुँदे सम्झौतामा सरकारलाई सघाउने, मधेस आन्दोलनका बेला लागेका मुद्दा फिर्ता लिने तथा मृतक, घाइतेका परिवारलाई उचित आर्थिक सहायता दिने र सहमतिअनुरुप संविधान संशोधन गर्ने भनि त्रिपक्षीय सहमति भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ