बुद्ध एयरको करामत: यात्रु २ घण्टासम्म विमानस्थलमै अलपत्र, पोखरा पुग्न पाएनन्
प्रकाशित २०७३ कार्तिक २७ शनिबार
3.8k
Shares
काठमाडौं । बुद्ध एयरको विमानले अलपत्र पारेपछि यात्रुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अड्किएका छन् । दिउँसो तरुण दलको उद्घाटन सत्रमै सहभागि हुने गरेर जान लागेका तथा अन्य यात्रुहरु बुद्ध एयरको फ्लाइट (६१५)ले समयमै उडान नगरेपछि विमानस्थलमै अड्किएका हुन् ।
यात्रु मध्येका एक विप्लप अधिकारीले हाम्राकुरासँग भने, ‘दिउँसो २ः४० बजे उड्नु पर्ने विमान पौने ५ बजे बसैलाई चढाएर रनवेमा घुमायो । रनवेमा गइसकेको विमान मोडेर पछि सबैलाई झर्न लगायो ।’ विमान डिले भएपछि हामी कतै गएका छैनौं । उस्तै परे रनवेमै अनसन बस्न बाध्य हुन्छौं । आफुहरुलाई झुक्याएको भन्दै यात्रुले आक्रोस पोखेका छन् ।
अधिकारीले भने, ‘त्यो भन्दा पछि लोड भएको यती एयरलाइन्सको विमान ४ः४५ मा पोखरा उड्यो । हाम्रो यात्रु भरिभराउ विमान हेलचक्र्याइँले उडाएन ।’ ४६ सिटे विमान भरीभराउ भएको उनले बताएका छन् । बुद्धको यो पटक मात्र नभई पटक पटक यस्तै गर्ने गरेको भेटिएको उनले सुनाए । उनले भनेका छन्, ‘विहान माउन्टेन फ्लाइट गर्ने र दिउँसो धेरै चल्ने ठाउँमा मात्रै उडाउने गरेको रहेछ ।’ सधैं यस्तै गर्दा सेवाग्राही दिक्क भएका छन् ।
उता, एयरपोर्टमै रहेका बुद्ध कर्मचारीले दिउँसो ३ः५० मा उड्ने भनेको विमान उता टेकअप गर्न नसकिने भएपछि फ्लाइट नै रद्द गरेको बताए । बुद्ध एयरका प्रभात अधिकारीले भने, ‘यात्रु जाँच बोर्डमा मात्रै गएको थियो । टेकअप गर्न नसकिने भएपछि क्यान्सिल गरिएको हो ।’ आइतबार विहान ७ बजे फ्लाइट राखेका छौं ।
नेपाली आकाशमा उड्ने अधिकांश उडान कम्पनीका विमानले अझै आवश्यक आधार अपनाउन सकेका छैनन् । विमान सेवा चुस्त र असरदार हुन लोड, पञ्चुवालिटी र विश्वसनीयता हुनै पर्ने हो । तर, त्यसो हुन नसकेको गुनासो यात्रुहरुले गर्दै आएका छन् ।