arrow

स्पेनिश सुपर कपको उपाधि रियाल मड्रिडलाई, बार्सा निरीह

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १ सोमबार
spanish-super-cup-2024-real.jpg

काठमाडौँ । स्पेनिश सुपर कप फुटबल प्रतियोगिताको उपाधि रियाल मड्रिडले जितेको छ । गएराति भएको एल क्लासिकोमा बार्सिलोनालाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै रियालले वर्षको पहिलो उपाधि जितेको हो । 

रियालका लागि भिनिसियस जुनियरले ह्याट्रिक गरेका थिए । उनले खेलको पहिलो हाफमा नै आफ्नो ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै अर्को गोल रोड्रिगोले गरे । 

बार्साका लागि रोबेर्ट लेवान्डोस्कीले सान्त्वना गोल गरे । खेलको ७१ औँ मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजोले रातो कार्ड पाएर मैदान छोडेपछि टिम १० खेलाडीमा सीमित भएको थियो ।

योसँगै रियाल मड्रिडले स्पेनिश सुपर कपको उपाधि १३ पटक जितेको छ । सबैभन्दा बढी उपाधि जित्ने टिम भने बार्सिलोना हो । डिफेन्डिङ च्याम्पियनसमेत रहेको बार्सिलोनाले यो उपाधि १४ पटक जितेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ