arrow

लिम्बू समुदायले मनाउँदै कक्फेक्वा तङनाम 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १ सोमबार
Taplejung-hamrakura.jpeg

ताप्लेजुङ । लिम्बू समुदायले आज कक्फेक्वा तङ्नाम मनाउँदै छन् । लिम्बू समुदायले माघे सङ्क्रान्तिलाई कक्फेक्वा तङ्नाम आफ्नो परम्परागत विधिबाट मनाउने गर्दछन् । 

लिम्बू भाषामा ‘कक्’अर्थ ‘फेकवा’ चाप फुल्नु र ‘तङ्नाम’को अर्थ पर्व हो । आजदेखि लिम्बू समुदायको नयाँ वर्षसमेत प्रारम्भ भएको छ ।

 राई, लिम्बू, याक्खा, सुनवारलगायतका जातजातिले विशेष गरेर मनाउने यो चाड तङनाममा वन तरुल, घर तरुल, सख्खरखण्डलगायत खानेकुरा खाएर मनाउने चलन रहेको रहेको मिक्वाखोला गाउँपालिकाका रद्रकुमार लिवाङले बताए । 

मुन्धुमसँग जोडिएको तङनाममा अन्नबाली नहुँदा यही वन तरुल सेवन गरी प्राण जोगाएको भन्ने किवंदन्ती छ । 

आजदेखि येले तङ्बे (दोङ) ५०८४ सुरु भएको याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङलिवाले बताए । 

आज बिहान नुहाएर वन तरुलको टीका लगाएर तङनामको शुभारम्भ भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ