arrow

भारतीय थल सेना प्रमुख दलवीर सिंह किन पुगे सालझण्डी ?

logo
प्रकाशित २०७३ कार्तिक २७ शनिबार
dalbirsaljhandimass.jpeg

काठमाडौं । ।नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी दलवीर सिंहले रुपन्देहीको सालझण्डीमा संचालन भई रहेको संयुक्त अभ्यास “सूर्य किरण” को निरीक्षण भ्रमण गरेका छन् ।

प्रधान सेनापति एवं महारथी राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा नेपाल आएका सेनाध्यक्ष सिंहले नेपाली सेना र भारतीय सेनाबीच चलिरहेको संयुक्त अभ्यासको निरीक्षण गरेका हुन् । निरीक्षण भ्रमणमा प्रधान सेनापति क्षत्री लगायत नेपाली सेनाका रथी र अधिकृतहरु सहभागि थिए ।

भ्रमण दौरान मित्रराष्ट्र भारतका स्थल सेना प्रमुख सिंहले अभ्यास सम्बन्धि प्रस्तुतिकरणको अवलोकन गरे । उनले अभ्यास ईलाकामा भईरहेको गतिविधिहरुको निरीक्षण गरे ।

अभ्यास टोलीले प्रस्तुत गरेको डेमोस्ट्रेसनको समेत अवलोकन गरेका थिए ।संयुक्त अभ्यास “सूर्य किरण” मा नेपाली सेनाको तर्फबाट जब्बरजंग गण र भारतीय सेनाको तर्फबाट ३ कुमाउ राईफल बटालियन अभ्यासरत रहेका छन् । निरीक्षण भ्रमण समाप्त गरी सिंह काठमाडौं फर्किए ।

मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल र रक्षामन्त्री बालकृष्ण खाँणसँग छुट्टा–छुट्टै शिष्टाचार भेट गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ