arrow

सय दिनमा लोकप्रिय काम : ऊर्जा मन्त्री

logo
प्रकाशित २०७३ कार्तिक २७ शनिबार
janardan-sharma-news-aa.jpeg

जाजरकोट  । ऊर्जा मन्त्री जनार्दन शर्माले सरकारले सय दिनमा लोकप्रिय काम गरेको र संविधानको कार्यान्वयनको प्रक्रिया अगाडि बढिरहेको बताएका छन् । माओवादी केन्द्र डोल्पाको पार्टी एकता भेलाको सदरमुकाम दुनैमा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र स्थानीय निकायको निर्वाचन सरकारको मुख्य एजेन्डा रहेकाले तीव्ररुपमा सरकारले काम गरिरहेको सुनाए ।

संविधान संशोधनको सवालमा सबै राजनीतिक दलको सहमतिमा संविधानको संशोधनलगायत कार्यान्वयन हुने मन्त्री जनार्दन शर्माले बताए । उनले काठमान्डौँदेखि डोल्पासम्मै विद्युत्भार कटौतीको अन्त्य गर्ने आश्वासन दिए ।

जलस्रोतको धनी मानिने डोल्पा जिल्लामा पनि विद्युत्भार कटौती भएको देख्दा अत्यन्त दुःख लागेको र तत्काल जिल्लामा उत्पादित विद्युत्लाई मर्मत र थप क्षमता विस्तार गरी विद्युत्भार कटौती हटाउनुका साथै केन्द्रीय प्रसारण लाइन जाजरकोटबाट दुई वर्षभित्रमा डोल्पा जोडिने र जिल्लाभित्रका थुप्रै योजनालाई बजेटको व्यवस्था गर्न निर्माण कार्य थालिने उनले बताए ।

अब हरेक नागरिकले ऊर्जामा सेयर हाल्न पाउने र सेयर लगानी गरेमा आर्थिकरुपमा जनता अग्रस्थानमा आएपछि विकासमा ठूलो प्रतिफल प्राप्त गर्ने मन्त्री शर्माको भनाई छ ।

तिब्बतसँग सीमाना जोडिएको डोल्पामा मरिम्ला–धो सडकखण्डको तत्काल निर्माण कार्य सम्पन्न गराई छिमेकी मुलुकसँग मध्यपश्चिमको सुख्खा बन्दगाहका रुपमा नाका खोली धोमा व्यापारिक केन्द्रको स्थापना गर्ने बताए ।

त्यसैगरी, भेरी करिडोरको बाँकी ४० किमी सडकखण्डलाई नेपाली सेनाको थप बलको प्रयोग गरी राष्ट्रिय राजमार्गका लागि पहल तत्काल गर्ने र डोल्पाको विकासमा पहिलो प्राथमिकतामा राख्ने ऊर्जा मन्त्री शर्माले बताए ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ