arrow

चितवनमा दुई जनामा कोरोना 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २ मंगलबार
corona-nepal-1618404789.jpg
तस्बिर – फाइल ।

चितवन । चितवनमा १० महिनापछि दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना पुष्टि भएको हो । 

निमोनियाका कारण उपचारका लागि अस्पताल आएका वृद्धको कोरोना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको हो । उनलाई अस्पतालमै राखेर उपचार शुरु गरिएको सूचना अधिकारी पौडेलले बताए ।  

२९ वर्षीय पुरुषलाई होम आइसोलेसनमा राखिएको उनले जानकारी दिए । जिल्लामा १० महिनापछि पुनः कोरोनाको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिएका छन् ।

कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य कार्यालय चितवनले सबैलाई सतर्कता अपनाउनका लागि आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ